काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जिप्रका काठमाडौंद्वारा वैकल्पिक व्यवस्थासहित सेवा प्रवाह

2.96K
shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको र केही सेवाका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालका अनुसार यही भदौ ६ गते अगाडि राहदानीका लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि भदौ ३१ गतेदेखि सम्पर्क गर्न सकिनेछ ।

यसैगरी, राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि नारायणहिटी दरबरमा रहेको सेवा इकाइबाट सेवा लिन सकिनेछ । राहदानीसम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागबाटै सेवा लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

यसबाहेक अन्य सेवाका लागि भने भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र, उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिनेछ । सेवा प्रवाहसम्बन्धी थप जानकारीका लागि कार्यालयले नियमित रूपमा सूचनामार्फत जानकारी गराउने समेत उनले उल्लेख गरे ।