काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

377
shares

ai logo सारांश

  • अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ ।
  • लमजुङको बेंसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन्
  • असोज ८ देखि ११ गतेसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।

मुस्ताङ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ ।

मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।

लमजुङको बेंसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए ।

असोज ८ देखि ११ गतेसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।

अक्टोबरदेखि नोभेम्बरसम्म पर्यटकले साहसिक पदयात्रा गर्ने उपयुक्त स्थान थोरङला पासनै हो । मनाङ–मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा बर्सेनि पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ ।

विश्वकै प्रख्यात पदमार्गको रुपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पदमार्ग विदेशी पर्यटक साहसिक पदयात्रा गर्न रुचाउँछन् । मनाङबाट थोरङला पासको यात्रा गर्दै मुस्ताङ आउन पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ ।