काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

325
shares

ai logo सारांश

  • व्यवस्था गर्न, तथा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने माग गरेका थिए ।
  • दीर्घकालीन रूपमा भने स्थायी मोटरेबल पुल निर्माण गरी बस्तीलाई सडक सञ्जालसँग जोड्नुपर्ने उनिहरूको माग थियो ।
  • सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

काठमाडौं । नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उनिहरूका समस्या, गुनासा, माग तथा सुझाव लिएका छन ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्दै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनःस्थापना तथा पुनर्निर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिएका हुन ।

सञ्चार मन्त्रालयमा भएको छलफलका क्रममा स्थानीयवासीले बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि आवतजावतमा कठिनाइ भएको, दैनिक जीवनयापन प्रभावित भएको तथा पुनःस्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

उनिहरूले विशेषगरी त्रिशूली नदीपारिका बस्तीलाई सडक सञ्जालसँग जोड्न तत्काल चारदेखि पाँच स्थानमा बेलिब्रिज तथा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सके प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने बताएका थिए । दीर्घकालीन रूपमा भने स्थायी मोटरेबल पुल निर्माण गरी बस्तीलाई सडक सञ्जालसँग जोड्नुपर्ने उनिहरूको माग थियो ।

बाढीपीडितका लागि सरकारले घोषणा गरेको राहत रकम प्राप्त गर्न ढिलाइ भइरहेको भन्दै उनिहरूले राहत रकम शीघ्र उपलब्ध गराउन आग्रह गरेका थिए । केही प्रभावितले हालसम्म कुनै पनि प्रकारको नगद सहयोग प्राप्त गर्न नसकेको गुनासोसमेत गरेका थिए।

स्थानीयवासीले राहतसँगै प्रभावित परिवारको सुरक्षित आवास, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका थिए । सडक तथा पुलमा क्षति पुगेका कारण गाउँमा आवतजावत कठिन भएको र ढुवानी खर्च बढ्दा चाडपर्वका समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको उनिहरूले जानकारी गराएका थिए ।

छलफलमा सहभागी स्थानीयवासीले बाढी प्रभावित क्षेत्रका नागरिकसँग प्रत्यक्ष छलफल गरी उनिहरूका आवश्यकता र सुझावलाई राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजनामा समेट्नुपर्नेमा जोड दिएका थिए ।

व्यवस्था गर्न, तथा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने माग गरेका थिए । बाढीका कारण नदी वारपार गर्ने संरचनामा क्षति पुगेपछि नदीपारिका नागरिकलाई आवतजावतमा अझै कठिनाइ भइरहेको उनिहरूको भनाइ थियो ।

उनिहरूका अनुसार अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको तत्काल अभाव नरहे पनि सुरक्षित आवास, सडक सुविधा र सहज आवतजावतका लागि आवश्यक पूर्वाधारको समस्या भने कायमै रहेको छ । बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नुका साथै क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणमा शीघ्रता दिनुपर्ने उनिहरूको माग थियो ।

छलफलका क्रममा अभिभावक गुमाएका बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकताको सुनिश्चितता गर्नुपर्ने विषयसमेत उठेको थियो । प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन विशेष व्यवस्था गर्नुपर्ने सहभागीहरूले आग्रह गरेका थिए ।

स्थानीयवासीका गुनासा तथा सुझाव सुन्नुभएपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढीपीडित तथा जिल्लाबाट प्राप्त गुनासालाई सरकारले प्राथमिकतामा राखेर सम्बोधन गरिरहेको बताए ।

उनले बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक पहल भइरहेको बताउँदै तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन रूपमा प्रभावित क्षेत्रलाई सुरक्षित र भरपर्दो पूर्वाधारसँग जोड्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए।

यसैगरी बाढीपीडितका समस्या समाधानका लागि हरेक मन्त्रालयले आफ्नो जिम्मेवारीभित्र पर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको, सरकारबाट हुनसक्ने र मिल्नसक्ने अधिकतम प्रयास भइरहेको र स्थानीय तहमा पनि प्रभावित नागरिकका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उनिहरूको भनाइ छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितका लागि राहतका योजना चाँडै सार्वजनिक गरिने जानकारी दिए । उनले पुनर्निर्माणसम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको तथा प्रभावित नागरिकको पुनःस्थापनाका लागि आवश्यक जमिनको खोजी गर्ने कामसमेत सँगसँगै भइरहेको बताए ।