नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै कांग्रेस अघि बढ्नुपर्छ : गणेश लामा
वि.सं.२०८३ असोज २० मंगलवार ०९:३३
shares

सारांश
- नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै कांग्रेस अघि बढ्नुपर्छ : गणेश लामा
- अनुभवका आधारमा उम्मेदवारी: आफूले दुई पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र केन्द्रीय समितिमा रहेर काम गरेको अनुभवका आधारमा उम्मेदवारी दिएको बताए।
- युवा र महिलाको प्रतिनिधित्व: कांग्रेसको संशोधित विधानले ३५ वर्षमुनिका युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको लामाको भनाइ छ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले लामो समयदेखि पार्टीमा गरेको काम र अनुभवका आधारमा उम्मेदवारी दिएको बताए । आफू दुई पटक महाधिवेशन प्रतिनिधि, दुई पटक महासमिति सदस्य तथा दुई पटक केन्द्रीय समितिमा रहेर काम गरिसकेको उनले उल्लेख गरे ।
लामाले १४औँ महाधिवेशनपछि कांग्रेसले सञ्चालन गरेका ‘घर–घर नेपाली कांग्रेस’ र ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ लगायतका अभियानमा विभिन्न जिल्लामा पुगेर संगठन निर्माणमा योगदान गरेको बताए ।
‘दोलखा, मनाङ, सर्लाहीलगायत विभिन्न जिल्लामा पार्टी संगठन गर्न योगदान गरेको छु । पार्टीका साथीहरूसँग घुलमिल हुने अवसर पाएँ । त्यसकारण पार्टीलाई अझ बलियो कसरी बनाउन सकिन्छ भन्ने अनुभव मसँग छ,’ उनले भने ।
लामाले कांग्रेसले विधान संशोधनमार्फत युवा, महिला, अग्रज तथा विभिन्न समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गरेको बताए । ३५ वर्षमुनिका युवालाई पार्टीको मूलधारमा जोड्ने व्यवस्था गरिएको र महिलाको प्रतिनिधित्व पनि विभिन्न तहमा सुनिश्चित गरिएको उनको भनाइ छ ।
उनले नयाँ पुस्तालाई पार्टीमा जोड्दै अग्रज नेताहरूको अनुभव र युवाको ऊर्जालाई समेटेर कांग्रेसलाई अघि बढाउनुपर्ने बताए ।
‘सिनियर नेताहरूको सल्लाह–सुझाव र युवाहरूको ऊर्जालाई मिलाएर नयाँ कांग्रेस बनाउने प्रयास भइरहेको छ । अहिले पार्टी सभापति गगनकुमार थापा पनि युवा हुनुहुन्छ र युवालाई बढी प्राथमिकता दिने गरी कांग्रेसलाई अघि बढाउन खोजिएको छ,’ लामाले भने ।
- अनुभवका आधारमा उम्मेदवारी: आफूले दुई पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र केन्द्रीय समितिमा रहेर काम गरेको अनुभवका आधारमा उम्मेदवारी दिएको बताए।
- युवा र महिलाको प्रतिनिधित्व: कांग्रेसको संशोधित विधानले ३५ वर्षमुनिका युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको लामाको भनाइ छ।






















