काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति

585
shares

ai logo सारांश

  • कैलालीमा सोमबार राति भारी वर्षा हुँदा काटेर खेतमै राखिएको धानबालीमा क्षति पुगेको छ ।
  • पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • पश्चिम तराईका किसानहरु यतिबेला धान काट्न व्यस्त छन् ।

धनगढी । कैलालीमा सोमबार राति भारी वर्षा हुँदा काटेर खेतमै राखिएको धानबालीमा क्षति पुगेको छ । पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको हो ।

पश्चिम तराईका किसानहरु यतिबेला धान काट्न व्यस्त छन् । मौसमको अवस्था बेवास्ता गरेर धान काट्दा क्षति हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बताए ।

उनका अनुसार ज्ञान केन्द्रले वर्षा हुन सक्ने भन्दै किसानलाई सचेत गराउँदै आए पनि त्यसको बेवास्ता गर्दै धान काट्ने प्रवृत्ति देखिएको छ । काटिसकेको धान सुरक्षित स्थानमा नराख्दा क्षति हुने गरेको उनले बताए । ज्ञान केन्द्रका अनुसार सोमबारसम्म जिल्लामा करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान गरिएको छ ।