गृहपृष्ठ सर्वोच्च अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालिने
सर्वोच्च अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालिने
प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जस्तोसुकै परिस्थितिमा पनि न्यायको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। राउतले आज एक विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।
प्रधानन्यायधीश राउतले आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सोहीअनुसार आगामी आइतबारदेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने काम सुरु हुने भएको छ।
प्रधानन्यायधीश राउतले २३ र २४ भदौको जेन-जीको आन्देलनका क्रममा मृत्युवरण गरेका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकटसमेत गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
प्रकाशित समय : १८:१२ बजे


















