काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वविद्यालयमा दलीय भागबण्डा अन्त्य गर्न शिक्षामन्त्रीको आग्रह

1.33K
shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता सुदृढ गर्दै दलीय भागबण्डाको अन्त्य गर्नुपर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा बुधबार कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले सुधार र रूपान्तरणको दृष्टिकोणसहित विश्वविद्यालयहरू अघि बढिरहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्नो ऐतिहासिक पहिचान जोगाउँदै नयाँ अध्याय सुरु गर्नुपर्ने बताए।

उनले प्राज्ञिक स्वायत्ततालाई थप सुदृढ बनाउँदै विश्वविद्यालयमा योग्यता प्रणाली लागू गर्न आग्रह गरे। विश्वविद्यालयमा सरकारले कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नदिने स्पष्ट पार्दै उनले नवनियुक्त उपकुलपतिसहित सम्पूर्ण विश्वविद्यालय संयन्त्रलाई सुशासन कायम गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन तथा प्राध्यापकहरूको विश्वका प्रतिष्ठित विश्वविद्यालयसँग ज्ञान आदानप्रदान बढाउनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयलाई समयअनुकूल गुणस्तरीय, अनुसन्धानमुखी र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सुशासनका लागि संस्थागत प्रणाली विकास गर्ने, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने तथा ज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विश्वविद्यालयलाई अघि बढाइने बताए।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो।