काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चितवनमा एक वर्षमा १ हजार ८७६ मुद्दा दर्ता, ६३३ अभियुक्त फरार

1.24K
shares

चितवन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा १ हजार ८७६ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। तीमध्ये १ हजार २९२ मुद्दा फर्छ्योट भएका छन् भने ५८४ मुद्दा अझै विचाराधीन छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा कर्तव्य ज्यान, करणी, सार्वजनिक हितविरुद्धका कसुर, बैंकिङ कसुर, लागुऔषध, चोरी, सवारी ज्यान तथा अन्य प्रकृतिका मुद्दा दर्ता भएका हुन्।

पालिकागत रूपमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी १ हजार १६० अपराधका घटना दर्ता भएका छन्। त्यसपछि कालिका नगरपालिकामा २३२, रत्ननगरमा १४३, माडीमा ९९, खैरहनीमा ९३, इच्छाकामना गाउँपालिकामा ७९ र राप्ती नगरपालिकामा ७० घटना भएका छन्।

प्रहरीका अनुसार गत वर्ष कर्तव्य ज्यानका ३, करणीका ४५, सार्वजनिक हितविरुद्धका कसुरका २६४, बैंकिङ कसुरका १९२, लागुऔषधका ३४१, चोरीका ८८, सवारी ज्यानका ९८ तथा अन्य प्रकृतिका ३७० मुद्दा दर्ता भएका छन्। त्यस अवधिमा ४७४ आत्महत्याका घटना पनि अभिलेखमा रहेका छन्।

दर्ता भएका मुद्दाका आधारमा प्रहरीले १ हजार ५५१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ। यद्यपि विभिन्न मुद्दाका ६३३ अभियुक्त अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।