गृहपृष्ठ बेनी–दरवाङ सडक खुल्यो
बेनी–दरवाङ सडक खुल्यो
धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि आज अपराह्नदेखि सञ्चालनमा आएको छ ।
मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सोमबार दिउँसोदेखि अवरुद्ध भएको थियो ।
पूर्वाधार विकास कार्यालय र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरेर डोजर परिचालन गरी सडक खुलाइएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिए ।
प्रकाशित समय : २०:५६ बजे



















