global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई सेक्युरिटिज : दोस्रो वार्षिक प्रतिवेदन पारित

ग्लोबल आइएमई सेक्युरिटिज : दोस्रो वार्षिक प्रतिवेदन पारित

ग्लोबल आइएमई सेक्युरिटिज : दोस्रो वार्षिक प्रतिवेदन पारित

ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नयाँबानेश्वर, काठमाडौंमा मंगलबार सम्पन्न भएको हो ।

सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरे । कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।

साथै, बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले स्वागत मन्तव्य दिँदै सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशन र लगानीकर्ताको अपेक्षा बीच कम्पनीले पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै वित्तीय वर्ष २०८१/ ८२ मा उल्लेखनीय प्रगति हासिल गरेको बताइन।

सभामा अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरे । त्यसपछि साधारणसभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित गर्‍यो ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु