काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डेढ वर्षमा तीनवटा सरकार फेरिएको कारण देश विकासमा समस्याआयो: मन्त्री गुरुङ

2.58K
shares

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीनवटा सरकार फेरिएको कारणदेश विकासमा समस्याआएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीनवटा सरकार फेरिएको भन्दैयसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए ।

उनले भने, ‘नेपालमापैसा नै उठ्दैँन् यति धेरै, राजस्वउठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्रीफेरि रहेका हुन्छन् । ७९ को चुनावपछि१३ महिना सरकार चलेको यो पहिलो पटकमात्रहो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा, त्यसपछिको ६ महिनामा गयो डेढ वर्षमा तीन वटा सरकार फेरियो । यसले गर्दा नयाँ मन्त्री आए पछि पुरानो योजनामाभएको पैसा त्यसै छोड्ने, फेरि नयाँ योजनामा पनि पैसा हाल्ने । योजना टोलैपिछे, गाँउपिछे राख्ने पूरा कुनै पनिनगर्ने, १०, १५ वर्ष भईसक्यो सक्याहुदैँन् ।’

यस्तै, उनले संविधानमा आदिवासिहरुको अधिकार भएनभने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुखपनि व्यक्त गरेका छन् । उनले भने, ‘अहिले हामीठूलो चापोमा छौ । उद्योगथियो अहिले उद्योग नै गरेको छैन् । व्यापारमा गयो त्यहाँपनि राम्रो मान्छे छैन् । राजनीतिमा गयो त्यहाँथोरै थोरै छ, अहिले गुरुङहरु कहा छ त, त्यती धेरै लडाई गरेर संविधान ल्यायौं संविधानमा आदिवासिहरुको अधिकार भएनभने आन्दोलन गरेका थियौं । निजामतिमा हाम्रो लागि कोटानि र्धारण भएको छ । त्यहाँ पनि हाम्रो मान्छे जाँदैनन् ।अहिले समय प्रतिस्पर्धाको आयो ।’