काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा चलायो डोजर
वि.सं.२०८२ साउन ३० शुक्रवार १३:००
shares

काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।
महानगरले त्यहाँ निर्माण गरिएको भौतिक संरचना हटाउन थालेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका छन् ।






















