गृहपृष्ठ फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ। शनिबार विराटचोकस्थितविराट सिनेमाुुमा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो।

मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केही उत्कृष्ट एक्सनका दृश्यहरू समेत रहेका छन्, जसलाई दर्शकले मन पराएका छन्। कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन्।

चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्फत लैजाने तयारी रहेको फिल्मका निर्माता तथा निर्देशक अनिश घिमिरेले बताए।

 

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु