काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

3.42K
shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अबको एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले हाल कक्षा १० को परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र अब प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।

कार्यालयले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको र सोही अनुसार गर्न कर्मचारीहरू डबल सिफ्टमा काम गरिरहेको जानकारी दिएको छ।

असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने प्रारम्भिक कार्यतालिका बनेकोमा शिक्षकहरूले गरेको आन्दोलनका कारण प्रक्रिया प्रभावित भएकाले ढिलाइ भएको हो।

गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट करीब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।