काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गत असोजको बाढीमा बाबुछोरीलाई बचाउने चणिकलाल गणतन्त्र दिवसका दिन सम्मानित हुने

3.36K
shares

काठमाडौँ । बागमती प्रदेश सरकारले गत असोजमा आएको बाढीमा बगेका दुई जनालाई उद्धार गरेका काभ्रेपलाञ्चोकका युवकलाई डेढ लाख पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

प्रदेश सरकारले बाढीमा बगेका मानिसहरुको उद्धार गरेका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ का चणिकलाल तामाङलाई गणतन्त्र दिवसको अवसर पारेर १ लाख ५० हजार पुरस्कार दिने भएको हो । तामाङले गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका बाबुछोरीको उद्धार गरि बचाएका थिए ।
रौतहट घर भई ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु शाह र उनकी ६ वर्षीया छोरी मेघनालाई गत असोजमा नख्खु खोलामा आएको बाढीले बगाएको थियो । बाढी आएपछि घरको छानामा चढेका उनीहरुलाई बाढीले घरसहित बगाएर करिव ३ सय मिटर तल पु¥याईसकेको अवस्थामा तामाङले बाढीमै पसेर उनीहरुको सकुशल उद्धार गरेका थिए ।

सोही साहसिक कार्यका लागि प्रदेश सरकारले दिवसको अवसरमा जेठ १५ गते नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।