काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्री लेखकलाई राजीनामा दिएर नैतिकता देखाउन कांग्रेस नेता कोइरालाको शुझाव

2.77K
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।
अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा गृहमन्त्रालय समेत शंकाको घेरामा रहेको चर्चा चलिरहेका बेला नेता कोईरालाको यस्तो धारणा सार्वजनिक भएको हो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर नैतिकता देखाउदै मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताएका छन् ।

नेता कोईरालाले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानविनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने धारणा राखेका छन् । संबैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको नेता कोइरालाको भनाई छ ।