global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेविसंघ दोलखा काठमांडौ सम्पर्क समितिको सभापतिमा बुढाथोकी

नेविसंघ दोलखा काठमांडौ सम्पर्क समितिको सभापतिमा बुढाथोकी

नेविसंघ दोलखा काठमांडौ सम्पर्क समितिको सभापतिमा बुढाथोकी

नेपाल विद्यार्थी संघ दोलखा काठमांडौ सम्पर्क समितिको सभापतिमा इन्जिनियर विजय बुढाथोकी मनोनित भएका छन् ।
सोमबार नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष इन्जिनियर सौगात थापाले एक समारोहका बिच बुढाथोकीलाई सभापति मनोनित गरेका हुन् । दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई राजधानी काठमांडौ बसेर अध्ययन गरिरहेका बुढाथोकी लामो समयदेखि नेविसंघको विभिन्न भुमिकामा रहेर काम गरिरहेका थिए । काठमांडौस्थित हिलसाइड इन्जिनियरिङ कलेजको नेवि संघ इकाइ समिति सभापति समेत भैसकेका उनि इन्जिनियरिङ अध्ययन पुरा गरिसकेका विद्यार्थी नेता हुन् ।
उनि सभापति मनोनित भएसँगै नेपाल विद्यार्थी संघ दोलखा र काठ्मांडौमा रहेका विद्यार्थीबिच सहकार्य र समन्वयमा वृद्धि हुने नेवि संघ दोलखाले जनाएको छ । नव नियुक्त सभापति बुढाथोकीले पार्टी र आफ्नो संगठनको हितमा रहेर कार्यसम्पादन गर्दै नतिजामुखी परिणाम निकाल्न प्रयत्न गर्ने जनाएका छन् ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु