नेको इन्सुरेन्सको अवितरित हकप्रद बाँडफाँड
वि.सं.२०८२ जेठ ४ आइतवार १८:०२
shares

नेको इन्सुरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद नपरेका आवेदकहरुको रकम आजदेखि फिर्ता गर्न सुरु गरेको छ ।
आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकम ट्रान्सफर गरिदिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयरमा उक्त अवधिमा आवेदन परेको थिएन् ।
सो अवितरित हकप्रद शेयरहरु वैशाख १२ गते देखि २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु बैशाख २६ गते बाँडफाँड भएको थियो ।

























