global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सरकारले १० महिनामा ३९० अर्ब ऋण लिएर ३०८ अर्ब तिर्यो

सरकारले १० महिनामा ३९० अर्ब ऋण लिएर ३०८ अर्ब तिर्यो

सरकारले १० महिनामा ३९० अर्ब ऋण लिएर ३०८ अर्ब तिर्यो

सरकारले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ३ खर्ब ९० अर्ब ऋण लिएर ३ खर्ब ८ अर्ब ऋण तिरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको साउन देखि वैशासम्ममा सरकारको कुल तिर्न बाँकी २६ खर्ब २२ अर्ब ४० करोड ३७ लाख रहेको छ ।

सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति गरेको छ ।

वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ७१.४५ प्रतिशत छ । यस अवधिमा सरकारले ३ खर्ब १ अर्ब १४ करोड आन्तरिक ऋण तथा ८९ अर्ब ६८ करोड बाह्य ऋण प्राप्ति गरेको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा वैशाख मसान्तसम्म ३ खर्ब ८ अर्ब १४ करोड भुक्तानी भएको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु