global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वैदेशिक रोजगारीकाे नामामा ठगी : तीन जना पक्राउ

वैदेशिक रोजगारीकाे नामामा ठगी : तीन जना पक्राउ

वैदेशिक रोजगारीकाे नामामा ठगी : तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका-५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन् ।

पक्राउ मध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३५ लाख रूपैयाँ तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका-८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका-१३ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

 

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु