global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुगुका चार वटा स्थानीय तहको बेरुजु १ अर्ब ३० करोड

मुगुका चार वटा स्थानीय तहको बेरुजु १ अर्ब ३० करोड

मुगुका चार वटा स्थानीय तहको बेरुजु १ अर्ब ३० करोड

मुगुका चार वटा स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड रहेको पाइएको छ । मुगुको एक नगरपालिका सहित तीन गाउँपालिकाको बेरुजु रकम १ अर्ब ३० करो १५ लाख २० हजार रहेको पाइएको हो ।

गाउँपालिका राष्टिय महांसघको आयोजनामा मुगु सदरमुकाम गमगढीमा शुक्रबार सञ्चालित स्थानीय सरकारमा वित्तीय अनुशासन पालाना बेरुजु फर्छयौट र सुशासन प्रर्वद्धनका सम्बन्ध जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा मुगुका स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड १५ लाख २० हजार रहेको उल्लेख गरिएको छ ।

मुगुका चार वटै स्थानीय तहको यो बेरुजु रकम स्थानीय तह लागू भएदेखि आर्थिक वर्ष २०७९–८० सम्मको रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख भएको जनाइएको छ ।

मुगुका चारवटै स्थानीय तह छायाँनाथ रारा नगरपालिका,सोरुगाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कर्मारोङ गाउँपालिकाकामध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकाको रहेको पाइएको छ भने सबैभन्दा कम बेरुजु रकम मुगुम कर्मारोङ गाउँपालिकाको रहेको छ ।

सोरु गाउँपालिकाको सबैभन्दा बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ भने सबैभन्दा कम बेरुजु रकम मुगुमकार्मारोङ गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार रहेको छ । त्यसैगरी छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार हरेको छ ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु