global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ स्याउमा रोग लाग्दा किसान चिन्तित

स्याउमा रोग लाग्दा किसान चिन्तित

स्याउमा रोग लाग्दा किसान चिन्तित

मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । विरुवाको बोक्रा खुइलिएर जाने, ढुसी लाग्ने, ऐजेरु पलाउने र बिरुवा सुक्दै जाने समस्याका कारण स्याउ कृषक मारमा परेका हुन् ।

मुगालीहरुको मुख्य आम्दानीको स्रोत पछिल्लो समयमा स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर किसानहरु चिन्तित बनेका हुन् । मुगुमा सडक सन्जाल जोडिएपछि कृषकहरु स्याउ खेतितिर आकर्षित छन् । हावापानी पनि स्याउखेती उत्पादनका सुहाउँदो थियो तर पछिल्लो समय बिरुवाहरुमा किराको संक्रमणले बोक्राको छाला खुइलिने बिरुवामा ऐजेरु झार पलाउने, ढुसी लाग्ने विरुवा सुक्दै जाने समस्या बढेको हो । अब स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ ।

यता स्थानीय सरकार, जिल्ला कृषि बिकास कार्यालय, अन्य कृषिसंग काम गर्ने कुनै पनि संघसस्थाले नहेरेको छाँयानाथ रारा नगरापलिका–६ का कृषक जसन्त कुलालले बताए ।

मुगुलगायत अन्य कर्णालीका स्याउ उत्पादन हुने जिल्लाहरुमा कृषकहरुले लगाएका बिरुवाहरुमा पेपरी वाग रोग, स्याउका हागाहरुमा चिरा पर्ने, बोक्रा निस्कने, बिरुवाहरु सुक्दै जाने र स्याउका बिरुवामा अन्य झारपात उम्रने, ढुसी जस्ता रोगदेखिएको उनीहरुको भनाइ छ ।

विषेशगरि कृषकहरुलाई सिकाएको प्राकृतिक ज्ञान अनुसार काम नगर्ने, कृषकहरुलाई प्राविधिक ज्ञान नहुँदा समयमा गोडमेल, सुरक्षा नगर्ने, बिरुवामा लगाउने चुना, निलोतुथो रेसियो नमिलाउनाले रोग लाग्ने गरेको जिल्ला कृषि बिकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।

मुगुमा रहेका चार स्थानीय तहमा रहेको जमिनको कुल भूभागको ११.७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिरहेका कृषकहरुका बिरुवा हरेका बर्ष यस्तै रोग लाग्ने हो भने किसान थप चिन्तित बन्ने देखिन्छ ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु