गृहपृष्ठ ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ताको विवरण खुलाएर निवेदन दिन बैंकले आग्रह गरेको छ।

ज्योति विकास बैंकले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएको जनाएको छ। साथै शेयर खरीदकर्ता सर्वसाधारण संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु