गृहपृष्ठ अमेरिका र ओमान बीचको खेलमा बन्यो दुई विश्व कीर्तिमान
अमेरिका र ओमान बीचको खेलमा बन्यो दुई विश्व कीर्तिमान
अमेरिका र ओमानबीच भएको एकदिवसीय क्रिकेट खेलमा दुई विश्व कीर्तिमान बनेका छन् ।
पहिलो रेकर्ड – दुवै टोलीले फास्ट बलर प्रयोग गरेनन् । दोस्रो – अमेरिकाले पुरुष एकदिवसीय क्रिकेट खेलको इतिहासमा सबैभन्दा कम १२२ रन स्कोरको रक्षा गर्ने रेकर्ड बनायो ।
यद्यपि, यसमा कम ओभर भएका खेलहरू वा संशोधित लक्ष्य भएका खेलहरू समावेश छैनन् । यस विश्वकप लिग-२ खेलमा जम्मा ६१ ओभर बलिङ भएको थियो र सबै ओभर स्पीनरले बलिङ गरेका थिए ।
मङ्गलबार भएको खेलमा अमेरिकाले आयोजक ओमानलाई ५७ रनले पराजित गरेको थियो । अमेरिकी क्रिकेट टोलीले ३५.३ ओभरमा १२२ रन बनाएको थियो । अमेरिकी स्पिनर नोशातुश केन्जिगेले ११ रन खर्चेर पाँच विकेट लिए ।
प्रकाशित समय : १४:१६ बजे



















