गृहपृष्ठ आज तीन वटा संसदीय समितिको बैठक बस्दै
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ ।
बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ ।
प्रकाशित समय : १०:२७ बजे


















