गृहपृष्ठ च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित
च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित
युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ। बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो।
रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए। एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए।
एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १-१ को बराबरीमा ल्याए। ५६ मिनेटमा रियलका भिनिसियस जुनियरले रियलका लागि दोस्रो गोल गरे। लगत्तै ५९ मिनेटमा रियलका बेलिंघमले अर्को गोल थपे।
एटलान्टाका लुकम्यानले ६५ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त थिएन। जितसँगै रियल ९ अंकसाथ अंक तालिकामा १८ नम्बरमा छ। खराब लयमा रहेको रियलले ६ खेल खेल्दा जम्मा ९ अंक हासिल गरेको छ। एटलान्टा समान ६ खेलमै ११ अंक साथ नवौं स्थानमा छ।
जारी सिजनको च्याम्पियन्स लिगका सबै खेलमा अपराजित लिभरपुल १८ अंक साथ पहिलो स्थानमा छ।
लिगका अन्य खेलरूमा पेरिस सेन्ट जर्मनले साल्जवर्गलाई ३-०, बार्यन म्युनिखले साख्तारलाई ५-१, एस्टन भिल्लाले आरुबी लेइपजिगलाई ३-२ गोलले पराजित गरेको छ।
प्रकाशित समय : १०:३१ बजे



















