global ime bank Long Banner Ad

गृहपृष्ठ मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

जनकपुर । जनकपुरधामका फलफूल तथा तरकारी व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । मासिक करोडौँ रुपैयाँ राजस्व तिर्दै आएका व्यवसायीहरूले मार्कामा परेका गुनासो समेत गरेका छन् ।

मंगलबार जनकपुरधामस्थित फलफूल मन्डी अगाडि पत्रकार सम्मेलन गर्दै फलफूल तथा तरकारी व्यवसायीहरूले अदालतसहित जनकपुरधाम उपमहानगरपालिका तथा सम्बन्धित निकायहरू समक्ष आफूहरूलाई विस्थापन हुनबाट रोक्न आग्रह गरेका छन् ।

हाल उनीहरूले सञ्चालन गर्दै आएको फलफूल मन्डी खाली गर्न अदालतले आदेश दिएका कारण एक्कासि अन्यत्र सर्न केही समय लाग्ने बताएका छन् ।

उनीहरूले ‘फलको राजा आँप’को मौसम भएकाले आफूहरूले मगाइसकेका आँपहरू अन्यत्र सर्ने क्रममा खराब हुनजाने र यसबाट व्यवसायी मात्र नभई नेपाल सरकारलाई पनि घाटा हुने जानकारी दिए ।

अदालतको आदेश आएको दिनदेखि आफूहरूलाई नगरपालिका, वडा कार्यालय र प्रहरी प्रशासनले मन्डी खाली गर्न चेतावनी दिँदै आएको गुनासो गरेका छन् ।

अदालतको फैसलाको सम्मान गर्दै आफूहरू मन्डी खाली गर्न तयार रहेको फलफूल तथा तरकारी व्यवसायी संघ जनकपुरधामका महासचिव भुवनेश्वर पूर्वेले बताए । व्यवसायीहरूले दुई महिना समय माग गरेको बताए ।

यता, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले फलफूल तथा तरकारी व्यवसायीहरूका निम्ति जनकपुरधामको ६ लेन सडक खण्ड नजिक जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढाइसकेकाले दुई महिना भित्र जग्गाको सम्झौता भइसक्ने बताए ।

उनले सो अवधिभरका लागि व्यापारीहरूलाई अहिलेकै स्थानमा व्यवसाय गर्न दिन सम्पूर्ण सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।

यता, फलफूल मन्डी रहेको जग्गाका धनी नबल साहले १५ वर्षको सम्झौता भएकामा आफूहरूले सम्झौता बमोजिम रकम नपाएकाले अदालतमा निवेदन दिन बाध्य भएको सुनाए ।

उनले अदालतले आफूसँग न्याय गरेर जग्गा खाली गर्न निर्देशन समेत दिइसकेकाले एक दिन पनि नरोक्ने चेतावनी दिए ।

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु