गृहपृष्ठ काठमाडौं उपत्यकामा निरन्तर जाडो बढ्दो, आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने
काठमाडौं उपत्यकामा निरन्तर जाडो बढ्दो, आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने
sf7df8f}F, !! c;f/M
snÍL rqmkynufot cf;kf;sf] ;x/L If]q
xjfOhxfhaf6 ;f]daf/ lbpF;f] lvFlrPsf] sf7df8f}Fsf] snÍL rqmkynufot cf;kf;sf] ;x/L If]q . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
प्रकाशित समय : १०:१८ बजे


















