global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर

नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा विताएका थिए ।

एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने

प्रकाशित समय : ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु