चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने
वि.सं.२०८१ मंसिर ५ बुधवार १६:२३
shares

स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा आगामी मंसिर ११ देखि १५ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछन्। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यू–१६, गर्ल्स सिंगल्स यू–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिष्पर्धा हुनेछ।






















