काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मौसम खुलेसँगै लुक्ला पुगे एकै दिन ११ सय ५५ पर्यटक

3.95K
shares

एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ पर्यटक भित्रिएका छन् । प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौँमा रोकिएका पर्यटक हवाई मार्ग खुलेसँगै सोमबार लुक्ला पुगेका हुन् ।

मन्थली र काठमाडौँबाट तारा, समिट र सीता एयर गरी ३ वटा कम्पनीका ४७ वटा जहाजले सोमबार उडान भरे भने विभिन्न कम्पनीका हेलिकप्टरले १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याइपुर्‍याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ ।

मौसम अनुकूल भएसँगै उडानहरू सूचारु भएका हुन् । आज ताराले १६, सीताले १५ र समिट एयरले १६ गरी ४७ वटा उडान गरेका छन् भने हेलिकप्टरले १ सय ३० वटा उडान भरेका छन् । प्लेनमार्फत ५ सय ७५ विदेशी पर्यटक भित्रिएको र हेलिकप्टरबाट ५ सय ८० गरी ११ सय ५५ पर्यटक भित्रिएको जिल्ला प्रहरीले जनाएको छ ।

मन्थलीमा अड्किएर बसेका सबै पर्यटकको उद्धार भइसकेको छ । यसअघि पर्यटकको उद्धारका लागि कहिले नेपाली सेनाको प्लेन र कहिले हेलिकप्टर प्रयोग गर्ने रक्षामन्त्री र टानले बताए पनि सेनाको कुनै पनि उद्धार उडान भएन । अन्ततः निजी क्षेत्रका नियमित उडान भर्ने विमान कम्पनीहरुले नै पर्यटकको उद्धार गरेका छन् ।

खराब मौसमका कारण लुक्लामा रोकिएका साढे ५ सय पर्यटक पनि मन्थली फर्किएका छन् ।