global ime bank Long Banner Ad

गृहपृष्ठ दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा गएराति रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा टिपर चालक दाङकै गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरीको मृत्यु भएको छ।

चुनढुँगा लिन जाँदै गरेको टिपर घोराही–तापा सडक खण्डमा पर्ने जुम्लेपानीमा सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु