global ime bank Long Banner Ad

गृहपृष्ठ इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु