काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जर्गन क्लोप रेडबुल नेटवर्कको ग्लोबल हेडमा नियुक्त

3.19K
shares

लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म कुनै जिम्मेवारीमा थिएनन् ।

स्काई जर्मनीका अनुसार ५७ बर्षिय क्लोपले रेडबुलसँग दिर्घकालिन सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले आगामी जनवरी १ देखि आफ्नो जिम्मेवारी थाल्ने छन् ।

रेड्बुलको नेटवर्कमा जर्मनीको आरबी लेइपजिंग, अस्ट्रियाको आरबी स्लाजबर्ग, अमेरिकाको न्यूयोर्क रेडबुल्स जस्ता क्लबहरु रहेका छन् । क्लोपले रेडबुल नेटवर्कमा रहेका विश्वभरका क्लबहरुका प्रशिक्षकहरुलाई सहयोग गर्ने छन् भने रेडबुलको खेल्ने तरिकाको विकास गर्ने र नेटवर्कमा भित्र्याउन विश्वभर खेलाडीको स्काउटिङ गर्ने, प्रशिक्षकहरुको नियुक्ति र व्यवस्थापन गर्ने जस्ता काम गर्ने छन् ।

सम्झौतामा क्लोपले जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक हुनुपर्ने भएमा भने यस पदबाट रिलिज गरिने शर्त रहेको उल्लेख गरिएको छ ।