काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जीबी राई सञ्चालक नभएको एपिवन टिभीको दाबी

3.76K
shares

अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले सञ्चालनकाल देखिनै गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति एपीवान टिभीमा सञ्चालक नरहेको दाबी गरेको छ ।

अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखार व्यापार विभागका प्रमुख केशरी बल्लभ दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ(अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा लि९एपीवान एचडीटिभी)को सञ्चालनकालदेखि नै जीबी राई नामक व्यक्ति यस टेलिभिजनको सञ्चालक नभएको र निजले कुनै पनि सहकारी मार्फत् यस संस्थामा लगानी गरेको कुरामा कुनै सत्यता नभएको व्यहोरा सबैमा जानकारी गराउदछौं । यस टेलिभिजन प्रचलित कानून बमोजिम स्थापित भई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र मुलुकको बृहतर हित सुशासनको संरक्षण र प्रवर्द्धन गर्न पत्रकारिताको स्थापित मूल्य मान्यता बमोजिम निष्पक्ष, स्वतन्त्र टेलिभिजन मार्फत आम नागरिकलाई सूचना संप्रेषण गरिरहेको कुरा विदितै छ ।

एपीवान टेलिभिजनले टिभीमा सञ्चालक नरहेको दाबी गरेपनि २०१७ मा कतारमा सम्पन्न नेपाल आइडलको फिनालेमा जीबी राईले एपीवान टेलिभिजनका बोर्ड अफ डिरेक्टरको रुपमा सहभागी भएका थिए । सो भिडियो अहिले पनि युट्युबमा रहेको छ ।

सहकारी बचत अपचलन बारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको उल्लेख गरेको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।