काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एन्फा लिग फुटबल : कोसीद्वारा सुदूरपश्चिम पराजित

5.23K
shares

राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै कोशी शीर्ष अन्तिम पाँचभित्र रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । कोशीले नौ खेलबाट १४ अङ्क जोड्यो । सुदूरपश्चिम भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै दोस्रो चरण पुग्ने पाँचै टोलीको टुङ्गो लागेको छ । कोसीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज कोसीको जीतमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले समान एक एक गोल गरे । ममताले खेलको २४औँ मिनेटमै गोल गरिन् । त्यस्तै कोसीकी अर्की खेलाडी समीक्षाले खेलको ५३ र ६५औँ मिनेटमा दुई गोल गरिन् ।यस्तै खेलको ८५औँ मिनेटमा खुस्माले अर्को गोल गर्दै कोसीलाई ४-० को जीत दिलाइन् ।