गृहपृष्ठ इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने

इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने

इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने

इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त निर्णय गरिएको हो ।

उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन पी.चौधरीको विशेष उपस्थिति रहेको थियो ।

यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट-क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरू साथ–साथ आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु