गृहपृष्ठ कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशनदेखि निर्वाचन प्रक्रिया सुरु

कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशनदेखि निर्वाचन प्रक्रिया सुरु

कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशनदेखि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा प्रतिनिधि चयनको निर्वाचन प्रक्रिया सुरु भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछन्। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन हुने कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरू खटिएका छन्। उनीहरूले सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचन प्रक्रियामा सक्रिय रूपमा काम गरिरहेको समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन प्रक्रियामा उत्साहपूर्ण रूपमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई पुनः आग्रह गरेको छ।

कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि नै अधिवेशन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढाएको हो।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु