गृहपृष्ठ प्रभु बैंकका सञ्चालक/कर्मचारीबाट ४० लाख ८० हजार सहयोग
प्रभु बैंकका सञ्चालक/कर्मचारीबाट ४० लाख ८० हजार सहयोग
काठमाडौं । भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेको छ ।
विपद्को समयमा प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ ।
यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।
प्रकाशित समय : १६:२६ बजे


















