गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, थपिँदै केन्द्रीय सदस्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, थपिँदै केन्द्रीय सदस्य
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक साढे ३ बजेदेखि सुरु भएको हो ।
२ बजे बैठक बोलाइए पनि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु केही ढिलो गरी उपस्थित भएका कारण बैठक ढिलो सुरु भएको पार्टीले जनाएको छ ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो ।
आगामी १५औं केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न सभापति गगन थापाले १५ दिनभित्रै दोस्रोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
आजको बैठकले शेरबहादुर देउवा र पूर्णबहादुर खड्का समूहका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने स्रोतले बतायो । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु हुँदैछ । सोही कारण इतर समूहका तीन दर्जन नेतालाई केन्द्रीय सदस्य मनोनीतको तयारी भएको बुझिएको छ ।
प्रकाशित समय : १६:२१ बजे


















