गृहपृष्ठ तीज कार्यक्रमको बजेट बाढी पीडितलाई सहयोग

तीज कार्यक्रमको बजेट बाढी पीडितलाई सहयोग

तीज कार्यक्रमको बजेट बाढी पीडितलाई सहयोग

म्याग्दी ।म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तीज विशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पीडितलाई सहयोग गरिएको छ ।

वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि बिनियोजन गरेको रु एक लाख बजेट तीज विशेष कार्यक्रम नगरी रसुवा बाढीका पीडितका लागि सहयोग गर्ने निर्णय भएको हो ।

वडा अध्यक्ष अशोक खत्रीले आमा समूह र स्थानीय सङ्घसंस्थामार्फत हरेक वर्षको तीज पर्वका दिन आयोजना हुने कार्यक्रमका लागि बिनियोजन भएको बजेट शिर्षकान्तर गरी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए ।

“आमा समूहका प्रतिनिधि र जनप्रतिनिधिले देशमा बाढीका कारण शोकमा डुबेको अवस्थामा कार्यक्रम नगरी पीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्ने निर्णय गरेका हौँ,” उनले भने ।

यसअघि धवलागिरी गाउँपालिकाले विपद् ब्यवस्थापन कोषमार्फत भदौ १० गतेको रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा दुई लाख पठाएको छ ।

 

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु