काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेनाद्वारा सुस्तामा पुस्तकालय भवन निर्माण

5.31K
shares

नेपाली सेनाले पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा पुस्तकालय भवन निर्माण गरेको छ । सेनाले स्थानीय जनता दलित आधारभूत विद्यालयमा ‘गोरख पुस्तकालय’ निर्माण गरेर हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटरअन्तर्गत २२ नं बाहिनी अड्डाको सहकार्यमा परासीस्थित गोरखदल गणले  १५ लाखको लागतमा उक्त भवन निमार्ण गरेको हो । गोरख दल गणका गणपति प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्य गर्ने नीतिअनुरूप पुस्तकालय भवन निर्माण गरेको बताए ।

यसअघि गोरख दल गणका तत्कालीन प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले करिब रु एक लाख बराबरका पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गरेको थियो ।