काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास

4.73K
shares

अस्ट्रेलिया टी- २० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए ।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन् ।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी- २० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी- २० लिग भने खेल्ने बताइएको छ ।