काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारी वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुवानमा

5.15K
shares

गएरातिदेखि भएको अविरल वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुवानमा परेको छ । जिल्लाको रुपनी गाउँपालिकामा खाँडो नदीको होचो तटबन्ध पार गरेर‌ बस्तीमा बाढी पस्दा रुपनी –१ का ३० घर डुबानमा परेको पुर्ववडाअध्यक्ष पिताम्बर यादवले जानकारी दिए ।

सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गाउँपालिकास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधारे वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रातीका अनुसार कञ्चनरूप नगरपालिका वडा नं ३र ११ तथा तिरुहुत गाउँपालिका वडा नं १ र २ मा समेत बाढी पसेको छ । तथ्यांक संकलन तथा पीडितको उद्दारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअले बताए ।