काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युरोकपमा इटालीको विजयी शुरुवात

3.68K
shares

इटालीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीले अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । अल्बानियाका लागि नेडिम बज्रामीले खेलको २३ सेकेन्डमै गोल गरेर अल्बानियालाई शुरुवाती अग्रता दिलाएका थिए । बज्रामीले गरेको यो खेल युरोकपको इतिहासमै सबै भन्दा छिटो गरेको गोल बनेको छ ।

त्यस्तै इटालीले पनि खेलमा छिटो कमब्याक गर्दै खेलको ११औ मिनेटमा अलेसान्द्रो बास्टोनी र निकोलो बारेलाको गोलमा अग्रता लिएको थियो । बास्टोनीले खेलको ११औ मिनेटमा र बरेलाले खेलको १६औ मिनेटमा गोल गरेका थिए ।

युरोकपको डिफेन्डिङ च्याम्पियन रहेको इटालीले यो जितपछि समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब इटालीले अर्को खेल जुन २१ मा स्पेनसँग खेल्ने छ भने अल्बानियाले जुन १९ मा क्रोसियाको सामना गर्ने छ ।