‘कंगारु’ मा जितु नेपाल मुख्य भूमिकामा अनुबन्धित
वि.सं.२०८१ असार १ शनिवार २०:०८
shares

नजितु नेपाल नेपाली फिल्म ‘कङ्गारु’ मा अभिनेताको रुपमा अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशन रहेको फिल्ममा निर्माण पक्षले जितु नेपालसँग कागजी सम्झौता गरेको छ ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अर्पण थापा अनुबन्धित भइसकेका छन् ।
फिल्ममा काम गर्ने मौका पाउदा आफू निकै उत्साही भएको उनले बताए । निर्देशक सम्राट बस्नेत, निर्माण नियन्त्रक दिलीप पन्तलगायत सम्पूर्ण टिमप्रति आभारी रहेको उनले बताए ।
यसअघि निर्देशक बस्नेतले फिल्म ‘लाखे’ निर्देशन गरेका यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । हाल अष्ट्रेलियामा फिल्मका लागि छायांकनस्थल अवलोकन गरिरहेका निर्देशक बस्नेतले आगामी साता अभिनेत्री फाईनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिएका छन् ।
केही फरक कथा बन्न लागेको, कंगारु यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउ्नेछ,’ उनले भने ।
यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सनको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन् ।
फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञावली ९अष्ट्रेलिया० रहेका छन् । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स, यूकेले पनि सहकार्य गरेको छ ।
फिल्ममा सीमा गुरुङको कथा रहेका छ । फिल्मका छायाँकार सुशन प्रजापति हुन् । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

























