काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कृषि क्षेत्रको बजेट डेढ अर्बले घट्यो

3.26K
shares

सरकारले कृषि क्षेत्रमा बजेट कटौती गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा डेढ अर्ब बढीले कटौती गरेर प्रस्तुत गरेका हुन् ।

मन्त्री पुनले आगामी आवका लागि कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड विनियोजन गरेका छन् । जबकी चालु आवमा कृषि क्षेत्रका लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणलाई २ अर्ब ९८ करोड
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो बताएका हुन् ।

सरकारले गत आर्थिक वर्षमा सो शिर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो ।