global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ बैंकिङ र ईबैंकिङको फरक

यस्तो छ बैंकिङ र ईबैंकिङको फरक

यस्तो छ बैंकिङ र ईबैंकिङको फरक

बैंकिङ

परम्परागत बैंकिङमा, एक उपभोक्ताले बैंकमा गएर बैंक एकाउन्ट खोल्छ, स्थानीय बैंकमा पैसा जम्मा गरेर बचतको सुविधा लिन्छ । चेक, काउन्टर पेमेन्ट र बैंक ड्राफ्टमार्फत उपभोक्ताले पैसा झिक्न सक्छ, आफूले जम्मा गरेको पैसा प्रयोग गर्न सक्छ ।

बैंकबाट धितोमा ऋण लिन सक्छ । उपभोक्ताको बचतको सुरक्षाको लागि विभिन्न व्यवस्था गरिएका छन् । यसमा पैसाको प्रत्यक्ष कारोबार हुने भएकाले चोरी, तथा लुटपाटको डर हुने हुन्छ । बैंकहरुको खुल्ने र बन्द हुने समय निश्चित हुन्छ । त्यसैले सेवा लिने समय पनि निश्चित हुन्छ ।

ईबैंकिङ

परम्परागत शैलीबाट बैंकिङ सेवा लिदा भएका अप्ठेराहरुलाई मध्यनजर गर्दै ईबैंकिङको अवधारणा ल्याइएको हो । संसार विज्ञान र प्रविधिको युगमा बढ्दै जाँदा ईबैंकिङको लोकप्रियता बढ्दै गइरहेको छ ।

ईबैंकिङलाई इन्टरनेट बैंकिङ अर्थात् आधुनिक बैंकिङको रुपमा पनि बुझ्न सकिन्छ । जसमा उपभोक्ताले आफ्नो बैंक एकाउन्टको आईडी र पासवर्ड प्राप्त गर्छन् । आफ्नो एकाउन्ट आइडी र पासवर्डको मद्धतले उपभोक्ताले आफ्नै घरको कम्प्युटर तथा मोबाइलबाट इन्टरनेटको उपस्थितीमा आफ्नो एकाउन्टमा भएको रकम थाहा पाउन सक्छन् । साथै कसैलाई दिनु परेमा पति त्यहीबाट पठाउन सक्ने व्यवस्था रहेको हुन्छ ।

इन्टरनेटबाट कुनै पनि किसिमको बील तथा अन्य भुक्तानी गर्न सकिन्छ । यसबाट रकम चोरी हुने सम्भावना त कम भयो नै सयमको समेत बचत हुन्छ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु