गृहपृष्ठ जग्गा भाडामा लगाएको विवरण पठाउन स्काउटलाई खेलकुद मन्त्रालयको छ बुँदे पत्र
जग्गा भाडामा लगाएको विवरण पठाउन स्काउटलाई खेलकुद मन्त्रालयको छ बुँदे पत्र

युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र पठाएको छ । मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।
मन्त्रालयले बुधबार ६ बुँदे पत्र लेख्दै पूर्ण विवरण पठाउन अनुरोध गरेको हो । पत्रमा नेपाल स्काउट र श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौताको विवरण पठाउन भनिएको छ । उक्त प्रालिलाई भाडामा लगाएको रकम र मिति मन्त्रालयले माग गरेको छ ।
प्रकाशित समय : १९:३४ बजे