काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

4.18K
shares

नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकारलाई सम्मानित गरेका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो ।

नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिए । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहेका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।

दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरका संस्थापक पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तिलक प्रकाश कायस्थले सम्मान गरे ।

कार्यक्रममा नेपाल भाषा साहित्यमा योगदान दिँदै आएका विभिन्न स्रष्टाहरूलाई बर्सेनि सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा भएको
बताए । नेपाल भाषा साहित्यको संरक्षण गर्न यस संस्थाले विक्रम सम्मत २०१० साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको समेत जानकारी दिए । आफ्नो कला संस्कृति तथा भाषाको रक्षा नगरे अस्तित्व नै लोप हुने उनले बताए ।

कार्यक्रममा कथाकार महेन्द्र गोपाल कर्माचार्य , कृष्णलाल प्रधान, योगेन्द्र प्रधान, प्रतिसरा सायमी,कृष्णलाल प्रधान,दीपचन्द्र साख लगायतका वक्ताले नेपाल भाषा साहित्यको संरक्षणका लागि सबैले योगदान दिनु पर्ने बताए ।

कार्यक्रमको सभापतित्व नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली (अगिव बनेपाली)ले गरे भने कार्यक्रम सञ्चालन सुमा श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा नेपाल भाषा साहित्यमा योगदान दिँदै आएका पाँच दर्जन भन्दा बढी साहित्यकार एवं साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।